काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा १० जना सदस्य मनोनयन गरेका छन्। मनोनित सदस्यहरूमा कपिलवस्तुका उद्योगी जमसेरअलि मियाँ पनि परेका छन्।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) अनुसार सदस्य नियुक्त गरिएको हो। उक्त विभागको नेतृत्व पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले गर्दै आएका छन्।

मनोनित सदस्यहरूको सूची यसप्रकार छ:

  • खगेश्वर बोहरा (कञ्चनपुर)
  • मीनबहादुर भण्डारी (जुम्ला)
  • ध्रुव खड्का (काठमाडौँ)
  • जमसेरअलि मियाँ (कपिलवस्तु)
  • सीताराम परियार (काभ्रेपलाञ्चोक)
  • शम्भुहरि बाँस्तोला (सोलुखुम्बु)
  • सञ्जीव घिमिरे (झापा)
  • जुनु गुरुङ (लमजुङ)
  • विजयकुमार सिंह (रौतहट)
  • राजीव श्रेष्ठ (काठमाडौँ)

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यी सदस्यहरूको मनोनयनले पार्टीको उद्योग तथा व्यापार विभागलाई थप प्रभावकारी र सशक्त बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।