त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलमा दर्शकले टीयू मैदान भरिभराउ छ ।

विश्व चर्चित खेलाडीहरु सहभागी भएपछि एनपीएलमा रौनक थपिएको छ । भेट्रान खेलाडीको खेल नजिकबाट नियाल्न पाउँदा क्रिकेट प्रेम उत्साहित छन् ।उद्घाटन खेलमै दर्शकले विश्व चर्चित न्यूजिल्यान्डका मार्टिन गप्टिलको खेल हेर्न पाए । विराटनगर किंग्सबाट ओपनिङ गरेका उनले ५५ रनको अर्धशतकीय पारी खेले ।पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीमा एशोसिएटका साथै टेस्ट राष्ट्रका विदेशी खेलाडी सहभागी भएका छन् ।”