“NPL का ८ प्रमुख खेलाडीहरू
नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का ८ फ्रेन्चाइज टोलीले लक्की ड्र मार्फत मार्की खेलाडीहरूलाई अनुबन्ध गरेका छन्। शनिबारको लक्की ड्रमा, नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम खड्काले ८ वटा क्रिकेट बलहरू बाकसमा राखेर एक/एक बालबालिकालाई बल झिक्न पठाएका थिए। यस क्रममा, काठमाडौंले करण केसी, पोखराले कुशल भुर्तेल, चितवनले कुशल मल्ल, विराटनगरले सन्दीप लामिछाने, लुम्बिनीले रोहित पौडेल, जनकपुरले आसिफ शेख, र कर्णालीले सोमपाल कामीलाई मार्की खेलाडीका रूपमा चयन गरे। दीपेन्द्रसिंह ऐरी भने सुदूरपश्चिमको मार्की खेलाडी बने।
मार्की खेलाडीहरूले तीन वर्षको सम्झौतामा प्रत्येक सिजन २० लाख रुपैयाँ पाउनेछन्। उनीहरूको मुख्य कार्य टिम निर्माणमा सहयोग पुर्याउने र अक्सनको समयमा खेलाडी चयन गर्नु हुनेछ। आगामी एनपीएलमा अन्य खेलाडीहरूको अक्सन दशैंअघि हुनेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















