दिपक खड्का
शिवराज नगरपालिकाले एक सूचना जारिगरि अव्यवस्थित रुपमा मानव स्वास्थ्यमा असर पर्ने गरि माछा बिक्रि वितरणमा रोक लगाएको छ ।
नगरले जारि गरेको सूचना अवज्ञा गर्ने व्यपारीहरुलाई नियम अनुसारको कार्वाही गरिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले जानकारी दिनु भयो ।
अनुगमन गर्दा व्यापारीहरुले माछा खरीदको विल समेत राख्ने नगरेको र उपभोक्ताहरुले माछा खरिदमा व्यापारीहरुले तौलमा ठगी गरेको गुनासो दिनप्रतिदिन आउने गरेको कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले बताउनु भयो ।
भारत वाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग हुनेगरेको गुनसो आएपछि सूचना जारीगरिएको नगर प्रमुख अजय थापाले बताउनु भयो ।
नगर प्रमुख थापाले बिक्रेताहरुले ताजा माछा बिक्री गर्नुपर्ने र माछा खरीद गरेको बिल बिक्रि स्थलमा अनिवार्य राख्नु पर्ने बताउनु भयो । पालिका आफ्नो जनताको स्वास्थ्य प्रति गम्भिर रहेको बताउदै नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले विभिन्न अभियान पनि सञ्चालन गरिने थापाले बताउनु भयो ।