शिवगढी कपको उपाधि पुरुष र यु १४ तर्फ गोल्डेन स्टारलाई
कमल बिष्ट, (२४ असोज २०८१)कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ९ बानियाभारमा सम्पन्न १६ औं शिवगढी कपमा आयोजकको दबदवा रह्यो, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरुष फुटबल तर्फको उपाधि आयोजक गोल्डेन स्टार युवा क्लबले जितेको छ, फाइनल प्रतिस्पर्धी ग्रीन भिजन लाई २-० ले स्तब्ध पार्दै गोल्डेन स्टार यस वर्षको च्याम्पियन बनेको हो, त्यस्तै यु १४ जुनियर तर्फको उपाधि पनि आयोजककै पोल्टामा परेको छ ।
महिला फुटबल टिम बिचको प्रतियोगितामा भने गडवा एफ सी दाङले उपाधि उचाल्यो, फाइनल प्रतिस्पर्धी जय बुद्ध सामाजिक युवा क्लब शिवराज १ काफलखुट्टा लाइ शुन्य का विरुद्ध एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो ।
विजयी टिमले पुरुष तर्फ ५५ हजार ५ रुपैयाँ, उपविजेता हुनेले २७ हजार ५ रुपैया साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे, महिला तर्फ विजेता टिमले २५ हजार ५ र द्वीतिय हुनेले १० हजार ५ रुपैयाँ साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने यु १४ तर्फ विजेताले ५ हजार ५ रुपैया, उपविजेताले २ हजार पाँच साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साथै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उच्च गोलकर्ता र प्रत्येक म्याचका म्यान अफ द म्याच लाई पनि समापन शत्रका प्रमुख अतिथि समेत रहनुभएका नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लप सी को हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
विप्लप सी ले खेल क्षेत्रमा राज्यले आवश्यक लगानी र ध्यान दिन नसकेको जिकिर गर्दै खेल जगतले राजनीतिक दल र विभिन्न सन्कृतिमा रहेको सामाज लाई एकैठाउमा उभ्याएर समाज र देखका लागि केही गरौं भन्ने सकारात्मक भावना सिर्जना गर्न भूमिका खेल्ने भएकाले आयोजक लाई प्रतियोगिता आयोजना गएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष इश्वर गिरीको अध्यक्षता, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लपको प्रमुख आतिथ्यता, विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापा, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोख्रेल, नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरी, युवा उद्धमी तथा राजनितिज्ञ राशिद मिर्जा लगायतको विशिस्ट आतिथ्यता रहेको कार्यक्रम क्लबका प्रमुख सल्लाहकार बिक्रम केसीको सन्चालनमा सम्पन्न भएको थियो, प्रतियोगिता यही असोज १४ गते समूद्घाटन भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























