कीर्तिमानी पाकिस्तानी क्रिकेटरको निधन
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको पूर्वखेलाडी बिली इबादुल्लाको निधन भएको छ । ८८ वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ । बिली इबादुल्लाको शुक्रबार निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।
‘बिली इबादुल्ला विशेष क्रिकेटर हुन् । थोरै खेल खेलेर पनि उनले आफूलाई कीर्तिमानी खेलाडीको सूचिमा दर्ता गराएका छन् । उनको निधनले विश्व क्रिकेटलाई नै अपुरणीय क्षति पु¥याएको छ,’ वार्विकसियरका अध्यक्ष डेनिस एमिसले भनेका छन् ।
बिली इबादुल्ला र डेनिस एमिसले वार्विकसियरबाट सँगै क्रिकेट खेलेका थिए । ‘उनी निकै चकचके खेलाडी पनि थिए । उनको रमाइलो स्वभावका कारण पनि उनी धेरैको स्मरण सधैं जिवित रहने छन्,’ डेनिस एमिसले भनेका छन् ।
बिली इबादुल्ला पछि पाकिस्तानबाट न्युजिल्यान्ड बसाइ सरेका थिए । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि पहिलो श्रेणीको टी–२० क्रिकेटमा अम्पायरको भूमिका पनि निर्वाह गरेका थिए । उनले न्युजिल्यान्डमा क्रिकेटको प्रशिक्षण केन्द्र पनि सञ्चालन गरेका थिए ।
उनका छोरा कासिम इबादुल्ला पनि क्रिकेट खेलाडी हुन् । कासिमले ३१ वटा प्रमथ श्रेणीको क्रिकेट खेलिसकेका छन् । उनले १९ वटा ‘लिस्ट ए’ क्रिकेट पनि खेलेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























