कपिलवस्तु, २६ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेका कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटले जिल्लामै पहिलो पटक सुविधा दिएको छ । यस क्षेत्रका विद्यार्थीहरु टेक्निकल शिक्षा लिन बुटवल लगायतका स्थानमा जान बाध्यतालाई मध्यनजर गर्दै अत्धुनिक सुविधासहित शिक्षा प्रदान गर्ने अवसर प्रदान गरेको छ ।
बाणगंगा नगरपालिका २, पिपरामा सिटिभिटीद्वारा मान्यता प्राप्त जिल्लामै पहिलो टेक्निकल इन्ष्टिच्युट रहेको बताईएको छ । जसमा ३ बर्षे डिप्लोमा लगायतका निम्न कार्यक्रमहरु ध्माधम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुको टेक्निकल रोजाइ पुरा गर्न खुलिसकेको जनाउँदै टाढा जानुपर्ने बाध्यता हटेको इन्ष्टिच्युटले जनाएको छ ।