आर.ए.अन्जान
चन्द्रौटा, २० जेठ ।

कपिलवस्तुको बुद्धभूमि नगर प्रमुख केशव कुमार श्रेष्ठले लोप हँदै गरेको थारु कला, संस्कृति जोगाउन पछिल्लो युवा पुस्ता जुटनु पर्ने बताउनुभएको छ । मनरा बजाउने १० दिवसीय तालिमको शनिबार उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

थारु समुदायको अस्तित्व लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक पलायनले गर्दा देश ठूलो संकटमा रहेको जनाउँदै स्वादेशमै रोजगारीको वातावरण खोज्न उहाँको भनाई छ । आम्दानीसँग जोड्दै लोप हुँदै गएको संस्कृति जोगाउनुका साथै सीप सिक्दै मनरा (मादल) बजाउने तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तानुपर्नेमा उहाँको जोडदिनुभयो । आगामी योजनामा थारु लक्षित कार्यक्रम ल्याउने समेत नगर प्रमुख श्रेष्ठको दावी छ ।

यसैबीच थारु कल्याणकारीणी सभा कपिलवस्तुका सभापति पवन कुमार थारुले यस क्षेत्रमै पछाडी परेको समुदायलाई प्रोत्सहन गर्न कार्य सराहनीय रहेको बताउनुभयो । सिंगो थारुको समुदायको हितमा रहेको संस्कृति उठाउन सरकारले सकरात्मक भूमिका खेलेको उहाँले जिकिर गर्नुभयो । थारुले भन्नुभयो ः ‘सीप सिकेपछि थारु जातिले पुजाआजा, विवाह, वर्तवन्ध लगायतमा सहजता प्रदान हुनेछ । झुमरा, झररा लगायतको नाचमा जनशक्तिको अभाव पनि हुँदैन ।’

oppo_2

थारु महिला सभाकी केन्द्रीय उपाध्यक्ष कमला थारुले थारु समुदायको हरेक क्रियकलापमा मनरा लगायतको बाजाको प्रयोग हुने गरेको बताउनुभयो । तर पछिल्लो समय कला पुस्तान्तरण गर्न नसक्दा समस्या भएको जनाउनुभयो । यस तालिमले थारु जातिको पहिचान जोगाउँदै समुदायलाई आत्मनिर्भर हुने उपाध्यक्ष थारुले विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनमा भएको थारु जातिका बरघरको सीप र ज्ञान पहिचान गरी क्षमता विकास गर्न कला, संस्कृतिसँग सम्बन्धित वस्तु उत्पादन तथा बजारीकरण गर्न अन्र्तगत मनरा (मादल) बजाउने १० दिवसीय तालिमको आयोजना गरिएको पर्यटन डिभिजन कार्यालयले जनाएको छ ।

प्रशिक्षक राम प्रसाद थारु, कार्यालयका वरिष्ठ शाखा अधिकृत श्यामलाल न्यौपाने, अधिकृत जनकराज खनाल, सामाजिक अभियान्ता भोजराज थारु लगायतले तालिमलाई सम्बोधन गर्नुभएको थियो । कपिलवस्तुका शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकाका १५ जना थारु अगुवाहरु तालिममा सहभागी रहेको कार्यालय प्रमुख गीता आचार्यले जनाकारी दिनुभयो ।