आर.ए. अन्जान

कपिलवस्तु, ६ जेठ ।

आवर मदरल्याण्ड एकेडेमीका अध्यक्ष शरद अधिकारीले शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी र अभिवावक सबै एकजुट हुन आग्रह गर्नुभएकाे छ । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा रहेकाे एकेडेमीकाे अभिभावक अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हाे ।

विद्यालयको शैक्षिक शत्र २०८१ मा गर्ने क्रियाकलापको योजना सहित अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । ६ घण्टा विद्यार्थी विद्यालयमा राखेर मात्र विद्यार्थीको पढाइ राम्रो नभएर १८ घण्टा घरमा अभिभावककले आफ्नो विद्यार्थी के गरीरहेको छ भन्ने विषयमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

एकेडेमीका प्रिन्सिपल कुलराज ढुगांनाले शैक्षिक अवस्था सुधार गर्न अभिभावकको के भुमिका रहने भन्ने विषयमा अभिभावकलाई सचेत हुन आवश्यक रहेकाे बताउनुभयो ।

विद्यार्थीहरुकाे आचरण र आनीबानीमा सकारात्मक प्रभाव पार्न अभिभावकलेसमेत वातावरण बनाउनुपर्ने जनाउनुभयाे ।

शैक्षिक सत्र २०८१ को सुरुवात भए संगै एकेडेमीले एक दिने अभिभावक अभिमुखिकरण कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा अभिवावक संघका अध्यक्ष बुद्धि पौडेल, मनिष मिश्र लगायतले कार्यक्रमलाई सम्बाेधन गर्नुभएको थियो ।