आर. ए. अन्जान
कपिलवस्तु, १८ बैशाख ।

मेरो माइक्रफेफइनान्स लघुबित्त बित्तीय संस्थाले कर्जा मिनाह तथा विविध सुविधाको समूहका दुई सदस्यहरुलाई नगद रकम हस्तान्तरण गरेकाे छ ।

मेरो माइक्रफेफइनान्स लघुबित्त बित्तीय संस्थाले कर्जा मिनाह तथा विविध सुविधाको समूहका दुई सदस्यहरुलाई नगद रकम हस्तान्रण गरेको छ । जिल्लाको शिवराज नगरपालिका-११, नयाँबस्तीमा रहेकाे केन्द्र नं. २४ मेरो दुर्गा मन्दिर महिला केन्द्र की सदस्य नमदा देबि सार्कीकाे श्रीमानकाे बिरामी भई मृत्यु भएको कारण रकम हस्तान्तरण गरेको संस्थाका खरेन्द्रपुर शाखा प्रबन्धक सन्ताेष पाेख्रेलले जानकारी दिए ।

सदस्यको श्रीमानको मुत्यु भएकोमा परिवारको पिडामा थोरै मलम हुने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत तीन लाख ५० हजार ऋण रहेकाे थियाे । जसमध्ये १ लाख ४५ हजार तिरिएकाे थियाे । साे बराबरको रकम ऋणीका परिवारलाई फिर्ता भएकाे र २ लाख ५ हजार रुपैया मिनाहा गरिएकाे प्रबन्धक पाेख्रेलले बताए । पाेख्रेलका अनुसार साेही समूहकी सदस्य रुन कुमारी भुसालकाे श्रीमान केही समय पहिले मृत्यु भएकाे थियाे । उनलाई राहतस्वरूप मंगलबार १० हजार प्रदान गरिएको छ ।

यसैबीच शिवराज नगरपालिका-११ का वडा अध्यक्ष रामेश्वर बर्माले संस्थाले ऋण र बचत मात्र नभइ दु:खकाे बखत सानाे सहयाेगले आमनागरिकलाई प्राेत्सहन भएकाे उल्लेख गरे । आवश्यकता अनुसार कर्जा लिई व्यावसाय बिस्तार गर्न र लिएको कर्जाको सही सदुपयोग गर्न अग्रह समेत उनले गरे ।