चन्द्रौटा,कपिलवस्तु ।
कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् ।

नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयले मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक पटक भर्नाको नाममा शुल्क नलिनका लागि उनलेको निर्देशन छ । शुल्क दिएको भए तत्काल फिर्ता गर्न निर्देशन जारी गरिसकेका छन् ।

यस्तो निर्देशन दिएको २४ घण्टा नबित्दै नगर प्रमुख थापाले नीजि विद्यालयलाई एक पत्र पठाउँदै शिक्षकलाई दिइने मासिक पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका छन् ।

अधिकांश विद्यालयमा पढाउने शिक्षकले न्यून ज्यालामा काम गरिरहेको अवस्थामा नगर प्रमुख थापाले नीजि विद्यालयलाई तत्काल शिक्षकलाई दिदैं आएको पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका हुन् ।