आर.ए. अन्जान
चन्द्राैटा, १८ फागुन ।
अपांगता भएका व्यक्तिहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएकाे छ । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं. १० लालपुरमा शुक्रबार सुरु भएकाे हाे ।
लुम्बिनी अपांगता विकास केन्द्र ताैलिहवा कपिलवस्तुकाे आयाेजना र शिवराज नगरपालिका वडा नम्बर-१०, वडा कार्यालयकाे सहयाेगमा तालिम भएकाे जनाइएको छ ।
लाेकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सचिव रविदत्ता मिश्राले फरक क्षमता भएका व्यक्ति समाजकाे अग्र भागमा आउनुपर्ने बताए । अपांगले सपाङ्ग सरह काम गर्न सक्छन भन्ने उदाहरण दिँदै कलालाई समेत प्रस्फुटन गर्न आवश्यक रहेकाे जनाए । फरक क्षमता भएका नागरिकले पनि देश विकासमा अहम भूमिका खेलेकाे उनकाे भनाई छ ।
यसैबीच शिवराज नगरपालिका वडा नम्बर १० की वडा अध्यक्ष मञ्जु मिश्राले अपांगता भएका नागरिकलाई स्थानीय सरकारले दिएकाे हक अधिकारसमेत सुनिश्चितता गर्दै ध्यान दिएकाे बताएकी छन् । उनीहरुलाई मध्येनजर गर्दै कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष मिश्राले जनाईन् ।
लुम्बिनी अपांगता विकास केन्द्र ताैलिहवा कपिलवस्तुका अध्यक्ष ओरिराम चाैरसियाले वडाबासीलाई यस कार्यक्रमले प्रभावकारी रहेकाे जिकिर गरे । उनले राष्ट्रिय निर्माणमा आफूहरेले पनि याेगदान पुर्याउन सक्ने बताए ।
राष्ट्रिय अपांगता महासंघ अनुशासन आयाेग केन्द्रीय संयाेजक देवि बहादुर पाेख्रेलले तालिमको प्रशिक्षण गरेका लुम्बिनी अपांगता विकास केन्द्र कपिलवस्तुकि उपाध्यक्ष सुचिता श्रीवास्तवले जानकारी दिइन् । दुई दर्जन बढी अपांगहरुकाे सहभागिता रहेकाे र अपांगता भएका स्थानीय ४ जनालाई सेताे छडी र बैशाखी प्रदान गरिएको साथै तालिम १९ गतेसम्म चल्ने विकास केन्द्रले जनाएको छ ।