कपिलवस्तुका धार्मिक स्थल विकास गर्न प्रदेश सरकार पछि नपर्ने ः मुख्यमन्त्री चौधरी

राम अवतार चौधरी
चन्द्रौटा, १२ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कपिलवस्तुका धार्मिक स्थल विकास गर्न प्रदेश सरकार पछि नपर्ने बताएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८, लक्ष्मणघाटमा राम कथा तथा महायज्ञको शनिबार समुद्धघाटन गर्दै उनले यस्तो बताएका हुन ।
कपिलवस्तुका शिवगढी मन्दिर, सोनवागढ मन्दिर, उमरी गुफा, लक्ष्मणधाम मदरसा लगायतको धार्मिक क्षेत्रको विकास गरी पर्यटकीय स्थलको रुपमा अघि बढाउन प्रदेश सरकार पछि नपर्ने उनले बताए । स्थलको विकाससँगै युवलाई समेत रोजगारीको वातावरण सिर्जना गर्ने मन्त्री चौधरीले जिकिर गरे ।



देश जटिल परिस्थितिले गुज्रीएको बेला धार्मिक स्थलको विकास गरी पर्यटकीय गन्तब्यकोरुपमा विकास गर्न युवा सक्रिया भएको कार्यको प्रशांसा समेत उनले गरे । धर्मले संस्कार सिकाउने भएकोले जुनसुकै धर्मप्रति आस्था विचार राखे पनि राजनीति गर्न आवश्यक नरहेको मन्त्री चौधरीको भनाई छ । यस क्षेत्रको विकासमा प्रदेश सरकार सदैव तदारुकता रहेको समेत उनले प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले राम कथाले यस यस क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । पछिल्लो पुस्ताले धर्मको नाममा अनैतिक गतिविधिमा बढी सक्रिय देखिएको बताउँदै महायज्ञले सकारात्मक प्रभाव पार्ने समेत जनाए ।



यसैबीच विरेन्द्र कुमार कनोडिया, शिवराज नगरपालिका प्रमुख अजय थापा, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारु, विजयनगर ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















