अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्रपा सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा अनियमितता भएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुँसगको मिलेमतो गरी केही काठ लुकाएर स–मिलमा बिक्री गिरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो।

 

राप्रपाका लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ ।

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।

अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी(चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक तथा लुम्बिनी प्रदेश सदस्य जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जी.सी. विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

८ सयवटा रुख काट्ने क्रममा करिव १९ हजार क्यूफिटको बन पैदावस कम संकलन भएको अख्तियारको आरोप छ ।