थारु संग्रहालयले नयाँ पुस्तालाई इतिहास र संस्कृतिकाे अध्ययन र संरक्षणमा टेवा पुग्छ : उप-प्रमख थारु
घनश्याम भर / आर.ए.अन्जान
कपिलवस्तु, ४ माघ ।
कपिलवस्तुकाे शिवराज नगरपालिकाकी उप-प्रमुख शिव कुमारी थारुले थारु जातिकाे इतिहास, संस्कृति र पहिचान बचाउन थारु संग्रहालय निर्माण गरिएको बताएकी छन् । थारु समुदायकाे ऐतिहासिक कला, संस्कृति, भेषभुषा, रहनसहन परम्परालाई संरक्षण र प्रवर्द्धन गर्नका लागि थारु संग्रहालय निर्माण गरिएको उनले बताइन् । उप-प्रमुख थारुले थारुकाे इतिहास र संस्कृति नयाँ पुस्तालाई थारु संग्रहालयबाट थाहा नभएका धेरै थाहा हुने जिकिर गरिन् । नयाँ पुस्तालाई अध्ययनकाे साथै संरक्षणमा पनि प्राेत्साहन गर्ने उनले बताइन् ।

जिल्लाकाे शिवराज नगरपालिका-१, उमरीमा सञ्चालित ३ दिने माघी महाेत्सवकाे बुधबार समापन कार्यक्रममा यस्ताे बताएकी हुन् । साेही स्थानमा निर्माण गरिएको थारु संग्रहालय समेत प्रदेश सभा सदस्य अर्जुन कुमारी केसीले माघीकाे अवसरमा उद्घाटन गरेका थिए । यस संग्राहलयले थारुकाे पहिचान संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने थारुकाे भनाई छ । उनले थारु संग्राहलय निर्माणले थारु समुदायकाे एउटा महत्त्वपूर्ण भिजनसहितकाे सपना पूरा भएको बताइन् ।
यस्तै थारु कल्याणकारीणी सभा जिल्ला समिति सभापति पवन थारुले थारु समुदायकाे अन्य समुदाय भन्दा छुट्टै पहिचान भएकाे बताउँदै थारुकाे कला, संस्कृति, भेषभुषा र परम्परागत रितिरिवाजलाई संरक्षण गर्न सबैले हातेमालो गर्दै अगाडी बढ्न आवश्यक रहेकाे बताए । उनले थारुकाे अस्तित्वसँग जाेडिएकाे इतिहास, संस्कृतिलाई जाेगाउन विभिन्न ठाउँमा थारुकाे मेला, महाेत्सव लगाउँदै संरक्षणमा जाेड दिँदै जनाए ।

यस्तै कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, उद्योग वाणिज्य संघ चन्द्राैटाका इश्वरी पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर थारु लगायत वक्ताहरुले पहिचानसँग जाेडिएका पुर्खाैदेखि चलि आएकाे कला, संस्कृति, भेषभुषा, रितिरिवाज र पहिचानलाई संरक्षण र प्रवर्द्धनमा जाेड दिएका थिए ।
थारु कल्याणकारीणी सभा शिवराज नगरपालिका समिति सभापति तथा थारु संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले माघीकाे अवसरमा ३ दिने माघी (खिचडी) महाेत्सवकाे साथै थारु उमरी थारु संग्रहालयकाे उद्घाटन गरिएको बताए । उनले विशेष अनुदान संघकाे ७५ लाख, तराई मधेश समृद्धि विकास अन्तर्गत २५ लाख र विशेष अनुदान संघबाट १ कराेड ४ लाख रुपियाँकाे लागतमा थारु संग्रहालय निर्माण गरिएको जानकारी दिए । संग्रहालयमा थारु संस्कृति झल्किने आवश्यक सामग्री संकलन गरि राखिएको र अवलोकन, भ्रमणकाे लागि संग्रहालय उद्घाटनसँगै सञ्चालनमा आइसकेको थारु संग्रहालय संरक्षण समितिका उपाध्यक्ष हरि प्रसाद थारुले बताए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























