आर.ए.अन्जान
चन्द्रौटा, २५ पुस ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले शिवराज नगरपालिकाका कृषकलाई अनुदान हस्तान्तरण गरेको छ । वडा नम्बर ४, १० र ११ का २० जना कृषकहरुलाई प्रति व्यक्ति १५ हजारका दरले कृषि विकास बैंकको चेक सम्बन्धित व्यक्तिको खातामा जाने गरी खरेन्द्रपुरमा रकम हस्तान्तरण गरेको जनाएको छ ।

शिवराज नगर उपप्रमुख शिव कुमारी थारुले कार्यक्रमलाई सम्बोधन गर्दै अनुदानमा दिएको रकमलाई सहि सदुपयोग गर्ने बताएकी छन् । ठूला ठाला व्यावसायीलाई सबैले हेर्न गरेको बताउँदै ससाना कृषकलाई आत्मनिर्भर गराउन सानो रकमले पनि टेवा पुग्ने समेत उनले जिकिर गरिन । पछिल्लो समय आर्थिक मन्दीले आम नागरिक पीडामा रहेको जनाउँदै अनुदान पाएको रकमले सम्बन्धित कार्यमा लगाउन आग्रह गरिन । न्यूनस्तर भएका सार्वसाधारणलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्सहन गर्ने बताईन् ।

शिवराज नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नसीम अहमद खाँले विकास केन्द्रले हस्तान्तरण गरेको रकम समय समयमा अनुगमन गरिने बताए । सदुपयोग गर्न नसके जीवनस्तर न उकासिने र आफैलाई बेफाइदा हुने बताउँदै केहि नभए घरमा परिवार चलाउन समेत सहज हुने जनाए ।

यसैबीच विकास केन्द्र स्थानीय अधिकार कार्यक्रमका संयोजक अजय सिङ चौधरीले सम्झौता अनुसार रकम लगानी गरी प्रतिफल निकाल्न आग्रह गरे । जे प्रयोजनका लागि हस्तान्तरण गरिएको छ त्यसैमा प्रयोग गर्न जिकिर गर्दै प्रति महिना प्रतिवेदन पेश गर्ने जानकारी दिए । कस्मेटिक, तरकारी, सैलुन, किराना, कबाडी, टेलर्स गरेका साना व्यवसायिलाई सहयोग गरिएको समेत उनले बताए ।