बिचाैलियाबाट मालपाेतका कर्मचारी कुटिए

कपिलवस्तु, २० पुस । कपिलवस्तुमा बिचाैलिया बाट मालपाेतका कर्मचारी कुटिएका छन् । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । नेपाली काँग्रेसका कार्यकर्ता रहेका मिश्राले दादा गिरी शैलीमा कर्मचारी माथी हातपात गरेका हुन ।
घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको थियाे । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । पिडित कँडेलले आफुलाई बिना कारण हातपात भएकाे बताए । म अफिसबाट बाहिर आउदै थिए अचानक हातपात गरे । आफुलाई किन हातपात गरे साे विषयमा जानकार नभएकाे बताए । कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । महिला बालबालिका तथा समाज कल्याण मन्त्रि सुरेन्द्र राज आचार्य निकट मानिने मिश्राले केही समय देखि शक्तिकाे आाडमा दादा गिरी गर्दै आएकाे स्राेतले बताएकाे छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















