उत्पादनमूलक क्षेत्रमा लगानी आवश्यक ः केसी
राम अवतार चौधरी
चन्द्रौटा, ५ पुस ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटा अवस्थित सहज बचत तथा ऋण सहकारी संस्थाको १६औँ बार्षिक साधारण सभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कमाउन भन्दा बचत गर्नु ठूलो रहेको बताउँदै बचत गर्ने बानीको विकास गरी सहकारी मात्रै नभएर व्यतिmले समेत सानो भएपनि उत्पादनमूलक कार्यमा लगानी गरी आत्मनिर्भर हुनुपर्ने उनले बताए । सहकारीमा आबद्ध सदस्यहरुले सहकार्यको भावना विकास गर्न आग्राह गर्दै केसीले सहकारीको प्रशंसा समेत गरे । करिब डेढ दशकको यात्रा पार गरेकोमा शुभकामना व्यक्त गर्दै मिहेनत गरी बचत गर्ने बानीले भविष्य सुनिश्चित गर जीवनस्तर सुधार गर्नुपर्नेमा उनले जोडदिए ।
गत आर्थिक बर्ष २०७९÷०८० मा सढे ६ करोड कारोबार गरेको सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक हजार ६ सय बढी शेयर सदस्य रहेको सहकारीको आगामी आर्थिक बर्षमा ९ करोडको कारोबार गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष लिलामणी पौडेल, कल्लु थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















