रामबहादुर गन्धर्व
कपिलवस्तु, २० मंसिर ।
कपिलवस्तुका एक ३३बर्षिय युवा लिलबहादुर सुनार बिगत लामो समयदेखि मुटु सम्बन्धि गम्भीर प्रकृतिको राेगले ग्रसित छन् । जिल्लाकाे बुद्वभुमि नगरपालिका वडा नम्बर १ का सुनारकाे भल्व नै फेर्नुपर्ने चिकित्सकले बताएसँगै सुनार परिवारमा अहिले ठुलो खर्च जाेहाे गर्न नसक्दा राेग पाले जीवन मरणकाे दैनिकी गुजारीरहेका छन् । पारिवारिक आर्थिक अवस्था पनि निकै कमजोर रहेका सुनारले अहिले आफ्नाे उपचार खर्च ब्यवस्थापनका लागि विभिन्न निकाय र क्षेत्रमा याचना गरिरहेका छन् ।
उनी भन्छन् खर्च धेरै लाग्ने भयो परिवारकाे आम्दानी छैन् ,साँझ -बिहानको छाक टार्न पनि मजदुरी गरि पूरा गर्ने गरिएको छ।उपचारका लागि सहयोग पाए राम्रो हुन्थ्यो । बुवा धनबहादुर ,आमा बिष्णी सुनारको जेठा सन्तानका रूपमा रहेका लिलबहादुरका लागि अहिलेसम्म लाखौं रकम खर्च गरिसकेका छन् । तर राेग निकाे हुनुकाे साटो झन समस्या थपिएपछि चिकित्सकले भल्व नै फेर्नपर्ने बताए । उक्त उपचारका लागि झन्डै ६लाख अनुमानित रकम खर्च हुने भएपछि सुनार परिवारलाई उक्त रकम जुटाउन चिन्ताले पिराेलेकाे छ।
केही क्षेत्रबाट सामन्य सहयोग जुटेको भएता पनि आवश्यक ठुलो धनराशि जुटाउन याे परिवार भौतारिरहेका छन् ,लिलबहादुरकाे श्रीमती सहित एक छ बर्षिय छाेरी छिन् चार सन्तान मध्ये जेठो छाेरा बिरामी भएपछि उनको परिवारलाई अहिले दैनिक खर्च जुटाउन समेत मुश्किल परेको छ। धनबहादुरका कान्छा छाेरा राेजगारीकाे शिलशिलामा भारतमा रहे पनि परिवारसँग सम्पर्कमा नरहेको र छाेरीहरू बिवाहा पश्चात् आ आफ्नाे घरमा गएको बताए ।
कान्छाे छाेराे भारत गएको तर अहिलेसम्म सम्पर्कबिहिन रहेको बुवा धनबहादुरले बताएका छन् । साथमा भएको छाेरालाई गम्भीर राेगले छाेएपछि सुनार परिवार थप पिडामा छन् । लिलबहादुरकाे हाल गंगालाल मुटु अस्पताल काठमाडौंमा उपचार गराइएको छ। परिवारले आफुसँगकाे सबै रकम उपचारमा सकिएसँगै शल्यक्रियाका लागि आवश्यक रकम जुटाउन नसक्दा राेग पालेर बाँच्नु परेको हुँदा उनलेे सबैसँग सहयोगकाे अपिल गर्दै आफ्नो एन.एम.बि.बैंकको खाता नम्बर ०४४०२१८९३२९०००१५ मा आफु सक्दाे रकम जम्मा गरि आफ्नो उपचारमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।