शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित
दिपक खडका चन्द्रौटा कपिलवस्तु
शिवराज नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक कार्यक्रम बिच ५५ औ राष्ट्रिय कराते प्रतियोगितामा सहभागी भएका शिवराज नगरपालिका भित्रका खेलाडी र प्रशिक्षकहरुलाई सम्मानित गरेको छ । शिवराज नगरपालिका खेलकुद विकास समितिका संयोजक सन्तोष चौधरीको अध्यक्षतामा खेलाडीहरुलाई सम्मान गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दिनेश चौधरीले बताउनु भयो ।

कार्यक्रमा आफ्नो मन्तव्य राख्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले धैरे अभिभावकहरुले बालबालिका खेलकुद वाट बिग्रने मानसिकता भएको यसलाई अभिभावकहरुले त्यागना आग्रह गर्नु भयो । मानिस स्वास्थ्य हुनका लागि पनि खेलकुद आवश्यक रहेको र नगरलाई खेलकुदको मार्फत चिनाएकोले खेलाडीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
नगरप्रमुख अजय थापाले शुभकामना मन्तव्य दिदै नगरका खेलाडी नगरको गहना भएको बताउदै । खेलाडी कुनै व्यक्ति वा संस्थाको नभइ नगरको हुने बताउनु भयो । थापाले आगामी वर्ष देखि प्रत्येक महिना खेल गतिविधि अगाडी बढाउने गरि योजना बनाइने बताउनु भयो । वहाँले प्रत्येक खेलको नगर खेलाडी बनाउने उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रमा खेलाडी प्रशिक्षक रामु सुनारले खुशि व्यक्त गर्दै नगरले अभिवाभकत्व ग्रहण गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । सुनारले शिवराजका खेलाडीहरुले ५५ औ राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा खेलकुद विकास समितिका संयोजक सन्तोष चौधरीले यस क्षेत्रका खेलाडीहरुको खेलकौशल बढाउन थप प्रशिक्षणका कार्यक्रम अगाडी बढाउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























