यसरी मनाइयाे छठ (तस्बिरसहित)
काठमाण्डाै, ४ मंसिर । आज बिहान उदाउँदो सूर्यकाे पूजा आराधनासहित अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएकाे छ।
हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो ।
नेपालमा तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।




सबै तस्बिर : रासस
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















