पूजासामग्रीले सजिए जनकपुरका नदी–पाेखरी (तस्बिरहरू)
काठमाण्डाै, ३ मंसिर । सूर्यको आराधना, उपासना र पूजा गरी आज आइतवार छठ पर्व मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ ।
छठ पर्वका लागि जनकपुरमा तयारी पूरा भएकाे छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी लगायत जलाशय किनारमा बनाइएका छठ घाटमा पूजासामग्रीसहित भक्तजन पुगेका छन् ।
पूजासामग्रीले पोखरी किनार भरिएका छन् । छठमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाइन्छ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















