कपिलवस्तुमा युवाहरूको पुष्प व्यवसायमा आकर्षण बढ्दाे
रामबहादुर गन्धर्व
बाणगंगा, २६कार्तिक ।
बर्षेेनि चाँडबाँडमा भारतको फुल,कृत्रिम मालाले नेपाली बजार भरिभराउ हुने ,नेपालकाे मुद्रा बिदेशी ने प्रथालाई अन्त्य गर्न कपिलवस्तुका युवाहरूकाे फुल ब्यवशायमा आकर्षण बढदै गएको । जिल्लाकाे विभिन्न पालिकाकाे विभिन्न वडाका युवाहरूले लगाएकाे विभिन्न प्रजातिका फुल तिहार नजिकिए सँगै रमणीय बातावरणमा ढकमक भए र फुलेका छन् । बर्षेेनि कराेडौ रूपिया बिदेसिदा देशकाे अर्थतन्त्र नै कमजोर बन्ने भन्दै बाणगंङ्गाका केही युवाहरू पुष्प ब्यवशायमा आकर्षक भएका हुन।
बाणगंङ्गा ६ भगलापुरका झविन्द्र पौडेलले एक बिगाह क्षेत्रफलमा ब्यवशायीक फुलकाे खेती गरेको बताए । एक बिरूवाबाट न्युनतम ५०रूपिया आम्दानी गर्न सकिने उनकाे उनको अनुमान छ। त्यस्तै: प्रति माला ८०-१००रूपियाँका दरले बिक्री गर्न सकिने र प्रति के.जि.४-५सयका दरले बिक्री हुने पनि उनले बताए याे बिरुवा राेपेकाे छाेटाे समयमा फुल्ने हुनाले थाेरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव रहेको छ। त्यस्तै ;वडा नं.७ सक्षम टाेलका हुमबहादुर अधिकारीले पनि एक कठ्ठा जग्गामा सयपत्रि फुल लगाएका छन् ।उनले तरकारी खेती छाडेर सयपत्रि फुल लगाएका छन् उनले नर्सरीबाट प्रतिगाेटा रू१०का दरले ५हजारका दरले लगाएकाे फुल ले बजार पाएसँगै फुलेको माग धान्न नसकिने बताएका छन् भने वडा नं.७ बनगाई निवासी देवेन्द्र बहादुर थापाले पनि बिगत ३बर्षदेखि थुङगे फुल र कागतीकाे ब्यवशायीक खेती गर्दै आएको बताउनु भयो ।
पेशाले शिक्षक ,घर नजिकै रहेको जनचेतना आधारभुत बिद्यालयका सहयाक प्र.अ. थापाले २०७७सालमा १०कठ्ठा जग्गा लिजमा लिएर फुल,कागती खेती गर्दै आएकाे र शिक्षण पेशासँगै फुल,कागती खेती बाट एक सिजनमा एक लाखदेखि एकलाख सत्तरी हजार फाइदा हुने गरेको वहाँकाे अनुभव रहेको छ। वहाँले आफ्नै लगानीमा प्रतिगाेटा १सय ५०-२सयका दरले खरिद गरि उक्त क्षेत्र फलमा लगाएको फुल गत बर्षकाे तुलनामा यस् पालि पतेरे राेग लागदा केही कमी भए पनि अब याे ब्यवशायलाई निरन्तर रूपमा वहाँले उत्पादन गरेकाे फुल ४-५सय प्रति किलो बिक्री हुने-छाेटाे समयमा कम लगानीबाट धेरै फाइदा लिन सकिने वहाँकाे अनुभव छ। राज्यले विभिन्न प्रविधिक सीप,उपकरणको ब्यस्थापन गर्न सके फुल खेतीबाट आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















