रामबहादुर गन्धर्व

कपिलवस्तु, २५ कार्तिक ।

बिश्वकर्मा समाज जिल्ला कार्य समिति काे बैठक शनिबार बुद्वभुमि २, गाेरूसिङ्गेमा बसेकाे बैटकले विभिन्न महत्त्वपूर्ण निर्णहरू गरेको छ। समाजका अध्यक्ष रणबहादुर सुनारको अध्यक्षतामा बसेकाे बैठकले यही मंसिर ९ गते बिश्वकर्मा समाजकाे प्रथम जिल्ला स्तरीय भेला गर्ने निर्णय गरेको छ। समाजका बुद्धिजीवी ,भद्रभलादमी लगायतकाे उपस्थिति रहेको कार्यक्रम बौद्धिक ,समाजिक ब्यक्तित्व शेरबहादुर बि.क.काे सञ्चालनमा सम्पन्न भएको समाजले जनाएको छ।