रामबहादुर गन्धर्व
बाणगंगा, २३ कार्तिक ।

नेपालमा रोजगारी छैन यहाँ बसेर केही गर्न सकिन्न भन्ने रहौका लागि गतिलो उदाहरण बनेर देखाएका छन एक युवाले । महोत्तरी जिल्लाको पकडी दयाल नगरपालिका वडा नं.४ निवासी कृष्ण कुसहवाले बिगत १८÷२० बर्षदेखि पाउरोटीका कम्पनीहरूमा काम राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले सानै उमेरमा भारतको दिल्ली राज्यमा गएर त्यहाँ एक पाउरोटी कम्पनीमा कामको शुरूवात गर्नुभएको थियो । र केही बर्षपछि घरमा आउनुभयो । घरमा केही समयपछि उनी नवलपरासीको एक पाउरोटी कम्पनीमा सेल्समेनको रूपमा ८ बर्ष बिताउनुभयो । त्यहाँ उहाँले राम्रो आम्दानी गर्न सफल हुनुभयो ।

उमेरले २८ बर्ष पुगेका उहाँका १ छोरी, २ छोरा गरि ३ सन्तानका बाबुसमेत रहेका कुसहवाको घरखर्च सजिलै चलेको बताउनुभयो । बिगत ५ बर्षदेखि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चप्परगाउँमा रहेको अरूणा पाउरोटी कम्पनीमा उहाँले त्यहाँबाट उत्पादन भएका पाउरोटी, ब्रेड, डोनट, ढुङग्रा लगायतका नास्ता परिकारबाट दैनिक ३ देखि ५ हजारसम्म आम्दनी हुने गरेको बताउँदै मासिक १लाखदेखि १लाख २०हजार सम्म आम्दानी हुने गरेको कुसहवाले बताउनुभयो । उहाँले कपिलवस्तुको बाणगंगा, कपिलवस्तु नगरपालिका हुँदै अर्घाखाँचीसम्म बजार क्षेत्र रहेको उहाँले बेच्ने गरेको बताउनुहुन्छ ।