दाङकाे लमही नगरपालिकामा ढिलाे आउने कर्मचारीलाई मेयरद्वारा फूलले स्वागत !
दाङ, २१ कार्तिक । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।
ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
१० जनाभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिनुभयाे । ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















