चन्द्रौटा, १६ कार्तिक ।

कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरका एक ३७ बर्षिय सन्तोष पन्थ सयपत्री फूलसँगै रमाउँदै आउनुभएको छ । तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ ।

२०६३ सालमा विदेश छिरेका उनी दश बर्ष अनुभव लिनुभयो । वैदेशिक बसाईपछि स्वादेशमै गएर केहि गर्नुपर्छ भन्ने सोँचले उनी घर फर्किनुभयो । एक दशकको इजरायलको बसाईपछि स्वादेश फर्किएका युवा हुन् उनी । त्यसपछि शिवराज नगरपालिका–५, नौडिहवामा ३ बिगहा जग्गा लिजमा लिनुभयो ।

ऋगदेव कृषि फर्म नामक फर्म दर्ता उनले गराउनुभयो । बाँझो जमिनलाई चिर्दै करिब २० हजार रुपैया लगानीको जोहो गरि काठमाडौं र चितवन शहरबाट फूलको बीउ ल्याइ तरकारी र फूल खेतीपातीको सुरुवात गरे । अहिले उनको फर्ममा एक यादवको १ बच्चासहित तीन जना परिवार बस्ने गर्छन् । अहिले सयपत्री फूलले पन्थको बारी यतिबेला ढकमक्क रंगीचंगी भएको छ ।

दश बर्षे विदेशको बसाइले उनलाई कृषि खेतीपातीप्रति उत्साह थपिएको उनी बताउँनुहुन्छ । परिवारको सकारात्मक साथ र सहयोगले प्रोत्साहित हुँदै केही महिनादेखि अहिले कृषि फर्म पुनः सञ्चालनमा ल्याएको पन्थले बताउनुभयो । केहि समयपछि आपसी तालमेल नमिल्दा फर्म प्रभावित भएको हुनुभयो । घरपरिवारसँग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाका साथ फेरि पनि पन्थ अगाडि बढनुभयो ।

उहाँको अनुसार बजारमा माग अत्याधिक बढेको छ । उनको घरबाटै फूल बिक्री हुने गरेको छ । उपभोक्ता घरमै आउँदा प्रतिकेजी ६ सयका दरले बिक्री गर्ने गरेका छन् । ठूलो परिणामको कोल्ड स्टोर भएपनि आफ्नो क्षेत्रमा नहँुदा असहज भएको गुनासो छ । ठूलो स्टोरमा राख्दा लागत बढी पर्न जान्छ । यता सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा रोक लगाएको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएपछि फूल व्यापारी हर्षित भएका छन् ।