पाेखरामा प्याराग्लाइडिङ पाइलटले जाँड–रक्सी खाए/नखाएकाे जाँच
कास्की, १६ कार्तिक । कास्की प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूले जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे छ ।
प्याराग्लाइडिङ सञ्चालनका क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे प्रहरीले जनाएकाे छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–२३ पामेमा प्याराग्लाइडिङ अवतरण गराउने ठाउँमा पाइलटहरूले जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे हाे ।
जाँच गर्दा कसैले पनि जाँड–रक्सी खाएकाे नभेटिएको प्रहरीकाे भनाइ छ । प्रहरीले उनीहरूलाई सुरक्षाका बारेमा समेत जानकारी दिएकाे छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















