काठमाण्डाै, १४ कार्तिक । प्रहरी हुँ भन्दै सर्वसाधारणलाई दुःख दिने एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ललितपुरकाे गोदावरी नगरपालिका-६ टीकाभैरव घर भई अहिले टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।

मल्लले असोज ११ गते बिहान साढे ४ बजेकाे समयमा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई राेकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर प्रहरीकाे नक्कली परिचयपत्र देखाएका थिए । तलासी लिन खोजी सर्वसाधारणलाई दु:ख दिइरहेकाे अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मल्ललाई पक्राउ गरेकाे थियाे । प्रहरीकाे उनकाे साथबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र स्कुटरकाे डिकीभित्र खुकुरी बरामद गरेकाे थियाे ।