एलपी ग्यासमा ठगिँदै उपभोक्ता
कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुकाे शिवराज नगरपालिकाकाे बजार क्षेत्रमा ग्यास व्यवसायीले उपभोक्तालाई ठगि गरेकाे गुनासो आएकाे छ । ग्यास व्यवसायीले मनाेमानी ढंगले मुल्य वृद्धि र ताैलमा कमी भएकाे उपभोक्ताहरुले दावी गरेका छन् ।
ग्यास व्यवसायीले मनाेमानी ढंगले ग्यासको मुल्य वृद्धि गरि उपभोक्तालाई बिक्रीवितरण गरेकाे पाइएकाे छ । १८ सय ९५ रुपैयाँमा पाउने ग्यासलाई १९ सय ५० रुपैयाँमा बिक्रीवितरण गरेकाे पाइएकाे छ । ग्यास व्यवसायीले ५५ रुपियाँले वृद्धि गरि उपभोक्तालाई ठग्ने गरेकाे उपभोक्ताले बताएका छन् ।
शिवराजका ग्यास व्यवसायीले नेपाल आयल निगमले ताेकेकाे मुल्य भन्दा बढी मुल्यमा ग्यास बिक्रीवितरण गरिरहेकाे जनगुनासो नगरपालिकामा आएकाे भन्दै बढी मुल्यमा नबेच्न आग्रह गरेकाे छ । नगरपालिकाले मंगलबार बैठक बसी ताेकेकाे मुल्य भन्दा बढी मुल्यमा ग्यास बिक्रीवितरण गरेकाे पाइएमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएकाे छ ।
नगर प्रमुख अजय थापाले नगरपालिकाभित्र ग्याँसको मुल्यमा मनमानी ढंगले बिक्रीवितरण र ग्याँसको तौलमा कमी भएको नगरबासीहरुको गुनासोलाई मध्यनजर गर्दै सूचना जारी गरेर ग्यास उपभोक्ता सचेत गराएकाे बताउनुभयाे । उहाँले नेपाल आयल निगमले तोकेको मुल्यमा र तौल गरेर मात्र बिक्रीवितरण गर्न आग्रह गरेकाे बताउनुभयाे ।
नगरपालिकाले ग्याँस व्यवसायीहरुले आफ्नो पसलमा विपद् जोखिम न्यूनीकरणका लागि अनिवार्य रुपमा Fire Extinguisher को व्यवस्था गर्न आग्रह गरेकाे छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















