गुल्मी, १४ कार्तिक । विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

च्याउ खाएर ईस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् ।

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएकोछ ।

हिजाे घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताउनु भयो । फाइल तस्बिर