सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो
काठमाण्डाै, १३ कार्तिक । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।
हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।
आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तिम अपडेट: कात्तिक १३, २०८०
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















