पाल्पामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे
पाल्पा – पाल्पामा आज शनिवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाकाे वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
स्याङ्जाबाट बुटवल जाँदै गरेकाे लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथागढी गाउँपालिका–१ बिरौटामा सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । प्रतीकात्मक तस्बिर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















