फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरको निर्देशन
काठमाण्डाै – पोखरा महानगरपालिकाले फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरपालिकाले निकालेको सूचनामा वडा नम्बर १८ को अन्धेरीकुनादेखि वडा नम्बर २, ४, ५, ८, ७, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू हटाउन भनिएको छ । यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र रहेका सबै संरचना हटाउनुपर्ने महानगरले जनाएको छ ।
३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले जनाएको छ । 
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















