बाग्लुङको गलकाेटमा रुख ढलेर बिजुलीको पोलमा क्षति, विद्युत् आपूर्ति बन्द
बाग्लुङ – बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेको हो ।
बाग्लुङ–गलकाेट–बुर्तिवाङ ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको छ । बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गल्कोट नगरपालिकासहित ताराखोला, बडीगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भएका छन् ।
बिजुली नहुँदा मोबाइल सेवा, सञ्चारमाध्यम तथा अरु काममा समस्या भएको छ । विद्युत् वितरण केन्द्र बाग्लुङका अनुसार सकेसम्म आजै नियमित बिजुली आपूर्ति गर्ने गरी प्राविधिक खटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















