कमल बिष्ट

कपिलवस्तु, ४ कार्तिक ।

कपिलवस्तुकाे शिवराज नगरपालिका-१ बेलौतीको जय बुद्ध सामाजिक युवा क्लबले सदा जस्तै यस वर्ष पनि विजया दशमीको अवसरमा गर्दै आएको सास्कृतिक कार्यक्रम लाई निरंतरता दिएको छ, क्लबले सास्कृतिक कार्यक्रमको १६ सस्करण आयोजना गर्ने भएको छ । बेलौतीमा अवस्थित दुर्गा मन्दिर छेउमा श्री नेपाल आदर्श वहुमुखी क्याम्पस र शिवगढी इङ्गलिस स्कुलको प्राङ्गणमा हुने कार्यक्रममा राष्ट्रिय कलाकार श्याम राना मगर , राष्ट्रिय कलाकार जालुमाया गुरुङ  र जेडिसी डान्स स्टुडियो शिवराजका कलाकारका साथमा स्थानीय कलाकारले प्रस्तुति दिने क्लबका सचिब केसर थापाले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा हुदै आएको नृत्य प्रतियोगिता भने यस वर्ष नभएपनि बिभिन्न आकर्षक कलाकारहरुको प्रस्तुति रहेकाले कार्यक्रम विषेश मनोरंजनात्मक हुने आयोजकले जनाएको छ ।

कार्यक्रम जय बुद्ध सामाजिक युवा क्लबको आयोजनामा कार्तिक ५ गते आइतबार बेलुका ८ बजे बाट शुरु हुने आयोजकले जानकारी दिएको छ ।