बुटवल, ३ कार्तिक । नेपालीहरूको महान् पर्व वडादशैँ मनाउन जन्मथलो जानेको भीड बढेको छ। विभिन्न पेशा ,व्यवसाय र शिक्षाका लागि गाउँ छोडेकाहरू दशैँ आफ्नै गाउँ फर्कन थालेका हुन्। दसैंको अवसरमा सहर छोडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। गाउँ जानेहरूको संख्या बढेसँगै सहर सुनसान बन्दै गएका छन्।  दशैँ मनाउन जन्मघरतर्फ जाँदै गरेका यात्रुहरूको बुटवल बसपार्कमा लागेको भीड। तस्बिर : गंगा खड्का