चन्द्रौटा, ३ कार्तिक ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका हरिहरपुर घर भएका राकेश थारु सामान्य परिवारका युवक हुन् । एकाविहानै दशैँ खर्च जोहो गर्न भनि आफ्नै घरका २ वटा बोको उनी चन्द्रौटा खसी बजारमा बिक्रीका लागि मंगलबार ल्याउनु भएको थियो । तिनी बोकालाई २० हजारमा बिक्रीका मूल्य निर्धारण गरेका थियो । तर उनले तोकेको बजार मूल्य नपाएपछि २ वटै बोकालाई १३ हजारमा बेचेर उहाँ घर फर्किनुभयो । मेहनत गरेर उत्पादन गरेका वस्तु बजारमा घाटा खाएर बेच्नु पर्दा कृषक चिन्तीत बनेका छन् ।

मन्दीले झनै थलिएको बखत नेपाली उत्पादनका खसीबोकाले बजार अवस्था जरजर रहेको छ । त्यसमा नेपाल–भारत खुला सिमानाका कारण चोर नाकाबाट खसीबोका दिनहुँ नेपाल भित्रिने गरेको स्थानीय बताउँछन् । स्रोतका अनुसार यसरी अवैध रुपमा खसीबोका चोरी निकासी गरि भित्रिँदा समते सरकारले त्यसमा कडाइ गर्न नसकेको कारण झनै बजार अवस्था खस्किएको अकालन गर्ने गरिएको छ ।

कपिलवस्तुको मुख्य व्यापारीक केन्द्र रहेको चन्द्रौटा बजारका स्थानीय बाख्रा व्यवसायीले अवैध खसीबोकाको बिगबिगीले स्थानीय बाख्रा व्यवसायीको पेशामा ठूलो चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शिवराज नगरपालिका वडा नम्बर–५ अवस्थित नन्दकली बाख्रा फर्मका सञ्चालक ज्ञानेन्द्र लामिछानेले स्थानीय व्यवसायीले उत्पादन गरेका खसीबोकालाई चाडवपर्वले नछोएको बताउँदै बिक्री भएपनि उचित मूल्य नपाएको गुनासो गर्नुभयो । उत्पादन भएका वस्तुलाई बाध्यताले काठमाडौं पु¥याउँदा बढी भाडा लगायत खर्चिलो हुने हुँदा लगानी समेत उठाउन चुनौती थपिएको बताउनुभयो ।

तराईका विभिन्न नेपाल–भारत सिमा नाकाबाट नेपालमा भारी मात्रामा भित्रिएको हुँदा स्वदेशी खसीबोकाले उचित मूल्य पाउन सकिरहेका छैनन् । पछिल्लो समय दिनहुँ तस्करको चोरी निकासीले नेपालमै उत्पादित खसीबोका बाख्रामा गरिएको लगानीसमेत निकाल्न चुनौती देखिन्छ । चाडपर्व लक्षित गरि पछिल्लो समय खासीबोका तस्करहरुको गिरोह नै सक्रिय रहेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार तस्करहरु भारतबाट अवैध नाकाबाट नेपाल भित्र्यपछि दर्ता भएका फर्मको नाममा विल लगायतको कागजपत्र बनाई काठमाडौं लगायतको शहरमा निर्यत गर्ने गरेका छन् ।

पाँच बर्षदेखि खसीबोका व्यापार गर्दै आएका अर्घाखाँचीका टेक बहादुर खत्रीले चाडपर्वको समय पनि खसीबोकाको व्यापार उत्साहजनक नभएको बताउनुभयो । विगतको तुल्नात्मकरुपमा ७० प्रतिशत व्यापारमा कमी भएको बताउँदै काठमाडौँ लगायतको शहरको मूल्यको आधारमा गाउँगाउँबाट खरिद गर्दा बजारमा ल्याएर बिक्री गर्दा निकै असहज भएको उहाँले जानकारी दिनुभयो । कपिलवस्तुको चार नम्बर दरखासबाट चन्द्रौटा खसी किन्न आएका निशा श्रेष्ठले मंगलबार एका विहानै चन्द्रौटा घरमा पालन बसीबोका खरिद गर्न आएकी बताउनुभयो । यस क्षेत्रकै ठूलो खसी बजारमा गई आफ्नो क्षमता र रुचि अनुसारको खसीबोका खरिद गर्न समेत सहज भएकोले आफू चन्दौटा बजार आएको बताउनुहुन्छ ।

यस्तै चन्द्रौटा पशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले प्रत्येक मंगलबार बिहान बजार लाग्ने गरेको बताउनुभयो । यस बजारमा खसीबोका सस्तो पाइने भएकोले अहिले दशैँ नजिकिएकोले बजारमा घुइँचो समेत बढेको जनाउँदै विगतको तुलनमा न्यून रहेको बताउनुभयो । बिक्रीका लागि वस्तु बढी आएपनि उपभोक्ता कम आएका कारण बिक्र कम भएको उहाँले जिकिर गर्नभयो । दाङ, प्युठान, अर्घाखाँची, रुपन्देही र नवलपरासी लगायतको जिल्लाहरुबाट उपभोक्ता तथा व्यापारी खरिदबिक्रीका लागि आउने गरेको कुद्दुसले जनाउनुभयो । स्थानीय विभिन्न जिल्लाबाट खरिदबिक्रीका लागि मानिस आउने गरेको भए पनि विगतभन्दा अहिले दशैँमा त्यति चहलपहल नभएको उहाँको भनाइ छ ।