बैतडीमा असिनापानीले बालीनाली सखाप
बैतडी : बेमौसमी वर्षासँगैको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ।
आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो।
पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए। वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अञ्जु भाटले बताइन्।
हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर पनि नष्ट भएको छ। हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















