चन्द्राैटा, २६ असाेज ।

रोट्रयाक्ट क्लव अफ कपिलवस्तुको आयोजनामा शुक्रवार चन्द्रौटामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लवले चाडपर्वको अवसर पारेर आयोजना गरेको वृहत रक्तदान कार्यक्रम गरेको हो ।

रोटरी क्लवको सह आयोजनामा,रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ७३ प्वाइन्ट रगत संकलन भएको रोट्रयाक्ट क्लव अफ कपिलवस्तुका अध्यक्ष माया बस्नेतले बताइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले स्वस्थ मान्छेले रक्तदान गर्दा कुनै हानी नोक्सानी नहुने भएकाले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताए ।

रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर नै विभिन्न समयमा रक्तदान कार्यक्रम भइरहेको अध्यक्ष बस्नेतकाे भनाइ छ ।