त्रिसुली सामुदायिक वनकाे साधारण सभा सम्पन्न
जानू पाण्डे
कपिलवस्तु, २६ असाेज ।
कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका २ गाेरुसिङ्गेमा रहेकाे त्रिसुली सामुदायिक वनकाे आठाैँ साधारण सभा सम्पन्न भएकाे छ । शुक्रवार सम्पन्न साधारण सभाले दिगाे वन व्यवस्थापन सँगै सामुदायिक विकासमा जाेड दिने याेजना बनाएकाे छ । कार्यक्रममा वक्ताहरुले सामुदायिक वनले अतिक्रमण हटाउन जाेड दिनु पर्ने बताएका छन् । सुकुम्वासीकाे नाममा गैर सुकुम्वासीले जग्गा कब्जा गरि बेच बिखन गर्दा भुमि हिनले समस्या खेप्दै आएकाे कारणले बताएका छन् ।
सभामा बाेल्दै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमख विजयराज सुवेदीले वन क्षेत्र बेच बिखन गर्नेलाई राजनैतिक संरक्षण हुँदा त्यस्ता काम निरुत्साहित गर्न समुदायले चासाे दिनु पर्ने बताए । वनकाे दिगाे व्यवस्थापनले वनकाे हैसियत वृद्धि सँगै आम्दानि बढेकाे बताईएकाे छ । समुहले बुद्धभुमि नगरपालिकाकाे गाेरुसिङ्गे बजारमा सडक कालाेपत्रे, पिसिसि सडक निर्माण, ७५ जना युवालाई सिपमूलक तालिम, स्वास्थ्य चाैकि मर्मत, विपन्न बालबालिकामा पाेषाक र शैक्षिक सामाग्री वितरण, खालि ठाउँमा वृक्षाराेपण लगायतका क्रियाकलाप गरेकाे वन समुहका अध्यक्ष निल कुमार श्रेष्ठले सामुदायिक वनले गत आर्थिक वर्षमा करिब ६३ लाख आम्दानि गरेकाे समूहका काेषाध्यक्ष लक्ष्मी न्याैपानेले बताए ।
२०६५ सालमा दर्ता भएकाे वनमा ५ सय ३० घरधुरी सदस्य रहेकाे समुहका सचिव भक्तिराम खनालले जनाए । साधारण सभामा बुद्धभुमि नगरपालिका २ नम्बर वडा अध्यक्ष सुरज प्रताप राणा, गाेरुसङ्गे सव डिभिजन वन कार्यालय प्रमुख वसन्त थापा, समाजसेवी विष्णुहरि आचार्य, हिमलाल न्याैपाने लगायतले मन्तव्य दिनु भएका थिए ।
फाेटाे क्याप्सन : त्रिसुली सामुदायिक वनकाे साधारण सभा । तस्बिर जानू पाण्डे
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















