काठमाडौं : सरकारले संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए। त्यसका लागि आज मन्त्रिपरिषद बैठक बस्ने तयारी छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। यादवका अनुसार संसदको हिउँदे अधिवेशन दशैंलगत्तै डाक्ने समझदारी सत्ता गठबन्धनमा भएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस नेपाल आउने भएकाले सोही भ्रमणलाई मध्यनजर गर्दै कात्तिक १२ गते हिउँदे अधिवेशन बोलाउने तयारी रहेको यादवले जानकारी दिए।