इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ : इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ।
हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ। उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















