आर. ए. अन्जान
चन्द्रौटा, २३ असोज ।

व्यवसायी युवा महारत्न बिष्टले बाल गृह कपिलवस्तु तौलिहवामा जन्मदिन मनाएका छन् । फर्जुल खर्च कटौती गरी जन्मदिन मनाउने शैली फरक गर्दै गृृहमा रहेका बालबालिकासँग शुभकामना आदानप्रदान गरी मंगलबार जन्मदिन मानएका हुन् ।

उनले गृहमा रहेका बालबालिकालाई दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, मिठाई, फलफूल र तरकारी लगायत खाद्य सामाग्री प्रदान गरी जन्मदिन मनाएका बिष्ट बताउँछन् । यस भन्दा पहिला पनि उनले मानव सेवा आश्रम सर्लाही, रौतहट, महोतरी, नवलपुरको अनाथ आश्रम, कपिलवस्तु लगायत देशको विभिन्न संघसंंस्थामा सहयोग गरेको जानकारी दिए ।

रौताहट घर भएका उनी व्यवसाय तथा खेलकुदको शिलशिलामा कपिलवस्तुमा समाजसेवी तथा सामाजिक अभियान्तको रुपमा चर्चामा रहेका छन् । कपुरी मिडिया ग्रुपका सञ्चालक सँगसमेत भलाकुसारी गर्दै जन्मदिन मनाउँन पाउँदा आफू हर्षित भएको सामाजिक अभियान्त विष्टको भनाइ छ ।