खैरेनीचौर सामुदायिक बनको २१औं साधरणसभा सम्पन्न
रामबहादुर गन्धर्व
बाणगंगा, २३ असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिका बाणगंगा ५–६ मा रहेको खैरेनीचौर सामुदायिक बन उपभोक्ता समूह २१ औं साधरणसभा सम्पन्न भएको छ । मंगलबार ३९.५ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक बनमा ५ सय ७१ घरधुरी संख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
बनले आर्थिक बर्ष २०८०÷०८१ का लागि विभिन्न महत्त्वपूर्ण कार्ययोजना अगाडि सार्दै ६ लाख १५ हजार बराबरको प्रस्तावित बजेट पेश गरेको वनले जनाएको छ । त्यस्तै बनका कोषाध्यक्ष जीवन पाण्डेले बैक मौज्दात सहित ३० लाख १८ हजार ५ सय ९१ रूपैया बराबरको कारोबार भएको जनाइएको छ ।
साधरणसभामा बोल्ने अधिकांश बक्ताहरूले सफलताको शुभकामना दिँदै सामुदायिक बन जोगाउने सबैको दायित्व रहेको हुँदा एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । दुबै सामुदायिक बनका पदाधिकारी, जनप्रतिनिधि, टोल बिकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको सभा अध्यक्ष मञ्जु महत्राको अध्यक्षता, वडा न.६ का वडाध्यक्ष करूण टण्डनको प्रमुख आतिथ्यता, सामुदायिक बन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईको आतिथ्यता, मोहन बहादुर खडकाको स्वागत मन्त्ब्य र सचिव रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















