काठमाडौँ : इजरायलको बंकरबाट उद्धारको चित्कार गरिरहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दहाल, प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन सम्पर्क गरी छिटोभन्दा छिटो उद्धार गरिने आश्वासन दिएका छन्।
बंकरमा रहेका दाङका विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले फोन गर्दै सुरक्षितसाथ रहन पनि अनुरोध गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले इजरायलले अनुमति दिनेवित्तिकै जहाज पठाउने भएकाले पासपाेर्ट लिएर तयारी अवस्थामा रहन पनि आग्रह गरेका छन्।
कुराकानीमा उनीहरूले भने जतिसक्दो चाँडो उद्धार गरिदिन अनुरोध गरेका छन्। दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको बताइएको छ।