महाकाल युवा शक्तिले सरसफाइ गर्ने
बाणगंगा, २१ असाेज ।
कपिलवस्तुमा महाकाल युवा शक्ति नेपालले सरसफाइ गरेकाे छ । बाणगंगा नगरपालिकाले बिजय दशमीकाे अवसर पारी मुक्ति धाम संरक्षण समितिकाे सहकार्यमा गौतम बुद्ध राजमार्ग अन्तर्गत बनगाई-तौलिहवा सडक खण्डमा पर्ने बाटोकाे छेउछाउ सहित प्रगति टाेल स्थित दुर्गा -शिव मन्दिर परिसरमा सरसफाइ गर्ने भएकाे जनाइएको छ ।
शनिबार बाणगंगा ७ काेइली बनगाईकाे प्रगति टाेलमा बसेकाे बैठकले यस्तो निर्णय गरेको हाे । यसै बिच बैठकले मन्दिरका पुजारी भिम सुनारलाई मनाेनित गर्दै संस्थाकाे बैठक नियमित रूपमा बस्ने निर्णय समेत गरेको छ बैठक संस्थाकि उपाध्यक्ष जानका पाेख्रेलकाे अध्यक्षता ,संयाेजक भाेलाराज पौडेलकाे संयाेकत्व र काेषाध्यक्ष रामबहादुर गन्धर्वकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















