एजेन्सी

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ ।

गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ। जसमा परि एक जनाको मृत्यु प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन् । इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ ।

यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन् ।

यी रकेट हमलाहरू पछि, इजरायलको ठूलो क्षेत्रहरूमा चेतावनी साइरन सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासको आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले  विज्ञप्तिमा भनिएको छ, ‘गाजा पट्टी वरपरका क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।‘

सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ,’ हामी आफ्नो रक्षा गर्नेछौं ।‘  यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा प्रमुखहरूको आपतकालीन बैठक बोलाएका छन् ।