फुलबारी सामुदायिक बनकाे साधरण सभा
रामबहादुर गन्धर्व
कपिलवस्तु, १९ असाेज
फुलबारी सामुदायिक बन उपभोक्ता समूह बाणगंगा नगरपालिका ७ माेतिपुर कपिलवस्तुकाे २१औं साधरणसभा शुक्रबार सम्पन्न भएको छ । आयोजित साधरणसभालाई उदघाटन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले सामुदायिक बन समाजकाे गहना भएको भन्दै बनकाे संरक्षण ,समद्वनमा सम्पूर्ण उपभोक्ता एक भएर लाग्नुपर्ने बताउदै बनकाे ४० प्रतिशत रकम बन बिकासमा र ३० प्रतिशत महिला सीप बिकास तथा स-शक्तिकरणमा खर्चिनु पर्ने , बनकाे नयाँ नियम लागू भएको हुँदा स्थानीय तहसँग सहकार्य गर्दै अघि बढनु पर्नेमा जाेड दिए ।
त्यस्तै : २१औं साधरणसभामा बाेल्ने बक्ताहरूले सामुदायिक बनले गरेका उदाहरणीय बिकास निर्माणका कार्यकाे प्रशंसा गर्दै छाडा चौपाया ब्यस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै बनकाे उचित ब्यस्थापन ,हरेक क्रियाकलापमा सम्बन्धित सबै लाग्नुपर्नेमा जाेड दिए । यसै बिच बनले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना उपभोक्ता भित्रका बिपन्न ,निम्न आयस्तर अति बिपन्न आयआर्जन्का लागि विभिन्न सहुलियत ब्याजदरमा ऋण प्रवाह गरि आयमुलक कार्यमा टेवा पु-याएकाे, सबै कार्यक्रम हरूमा निम्न आय भएका उपभोक्ताहरूलाई प्रथमिकतामा राखी राेजगारकाे ब्यस्था गरीएका जस्ता महत्त्वपूर्ण कार्यहरू पेश गरिएको छ ।
भने लेखा समिति संयाेजक झगेश्वर अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्दै यस आ.ब.मा समुहमा ३१ लाख ६४ हजार १७१ आम्दानी भएको बताएका छन् त्यस्तै समूहका काेषाध्यक्ष अमर बहादुर गुरूङले आर्थिक प्रतिवेदन पेश गर्दै २ कराेड ५९ लाख १८ हजार आयब्याय सहित अगामी बर्ष २०८०/०८१ का लागि अनुमानित २ कराेड ६२ लाख ९५ हजार बराबरको बजेट पेश गरेका थिए ।
विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी , स्थानीय समाजसेवी ,बुद्धिजीवी , पत्रकार ,उपभोक्ता हरूकाे सक्रिय सहभागी रहेको साधरणसभा बनका अध्यक्ष जयलाल गिरीको अध्यक्षता , सामुदायिक बन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई ,७ न.वडाका वडाध्यक्ष बिष्णु गिरी लगायतकाे बिशिस्ट आतिथ्यता कृष्णप्रसाद गैरेकाे स्वागत मन्त्ब्य र मिना थापा क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















