राष्ट्रिय माविको प्राङ्गणमा एक कार्यक्रम बिच वृक्षारोपण
दिपक खड्का । शिवराज नगरपालिका वडा न ५ मा रहेको राष्ट्रिय मा वि को प्राड्गणमा एक कार्यक्रम बिच वृक्षा रोपण गरिएको छ । शिवराज ननगरपालिका नगर प्रमुख अजय थापा,उप प्रमुख शिव कुमारी थारु,वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे,राष्ट्रिय मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त खनाल, राष्ट्रिय मा वि का प्रधान अध्यापक बलदेव लामिछाने,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार तथा मानव अधिकार कर्मी विष्णु प्रसाद खतिवडाको उपस्थितीमा वृक्षा रोपण गरिएको स्वमंसेवक संघ शिवराज नगरपालिका स्तरीय समितिका अध्यक्ष लेखनाथ घर्तीले जानकारी दिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परिचारले आफ्नो मन्तव्य राख्दै विद्यालय परिसरमा क्षेत्रमा वृक्षा रोपण कार्य राम्रो भएको बताए । उनले विद्यालय क्षेत्र शान्ती क्षेत्र भएको र वृक्षा रोपणले विद्यालयको सौन्दर्याता बढदै जाने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त खनालले वृक्षा रोपणले विद्यालय र बगैचाको थप आकर्षण बढने बताए । विद्यालय क्षेत्र जति सुन्दर र शान्त भयो बालबालिकामा मनो वैज्ञानिक रुपमा सकारत्मक सन्देश प्रवाह हुने बताए ।

कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी चौधरीले वनको महत्व रहेको र वन विनासले जलवायु परिवर्तन र अति वृष्टि अनावृष्टिले हुने भएकोले वृक्षा रोपण अति आवश्यक रहेको बताइन् ।वृक्षारोपणले मानवजातिको जिवनलाई मात्र सहज नपुयाइ सम्पुर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुर्याएको बताइन् ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विद्यालय परिसर वरिपरि वृक्षा रोपण गर्न सके र विरुवा हुर्काउन सके यसले विद्यालय वरिपरि क्षेत्र हराभरा हुनुका साथै मानव जिवनलाई चाहिने अति आवश्यक आँक्सीजन प्राप्त हुने भएकोले वृक्षा रोपणको अत्यन्त महत्व रहेको बताए । नगर प्रमुख थापाले वृक्षारोपणले हाम्रो पर्यावरण सन्तुलनका लागि भुमिका खेलेको बताउदै नगर क्षेत्रको टोल टोलमा रहेको खाली क्षेत्र सडक किनारा सार्वजनिक जग्गा सबैले वृक्षा रोपण गर्नु पर्ने बताए । उनले कार्यक्रममा उपस्थित भएका विद्यार्थी भाई बहिनीहरुलाई आफ्नो पढाइमा विषेश ध्यान दिन आग्रह गरे । वृक्षा रोपण कार्यक्रमको संचालन नेपाल स्वयंसेवक संघका पदम ढकाल र कार्यक्रम नेपाल स्वयंसेवक संघ शिवराजका अध्यक्ष लेखनाथ घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















